सांसद मीन विश्वकर्मा भन्छन् -‘संसद् अवरोध र निर्वाचनका कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग विलम्ब भयो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग ढिलाइ हुन्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि जिम्मेवार भएको बताएका छन् । प्रतिनिधिसभामा महाअभियोगमाथि आइतबार सुरु भएको छलफलमा समयमै किन अगाडि नबढाएको र ६ महिना के हेरेर बसेको भन्ने एमाले सांसदहरुको प्रश्नको जबाफ दिंदै विश्वकर्माले यस्तो बताएका हुन ।

उनले भने, ‘विलम्ब भयो । विलम्ब भएको हामीलाई पनि लागेको छ, विलम्बको कारण के हो रु नौ महिनासम्म संसद् अवरोध भयो, त्यसपछि लगत्तै बजेट आयो, त्यसपछि चुनावमा जानुपर्‍यो । संसदको अवरोध खुलेपछि संसदको ध्यान बजेटमा केन्द्रित भएको उल्लेख गर्दै अनुकुल समयमा महाअभियोग अगाडि बढेको दाबी गरे । ‘सिफारिस समिति बनेको छ । फेरि पनि सिफारिस समितिमा छलफल हुन्छ ।

महाभियोगको विरोध गर्नेहरूलाई डेढ वर्षअगाडिका दृश्यहरू स्मरण गर्न पनि उनले सुझाएका छन् । ‘झट्ट डेढ डेढ वर्षअगाडि सम्झौँ त । सडकमा वकिलहरू कालोकोट लाएर आन्दोलन गरिरहेका थिए पक्ष विपक्षमा लाप्पा खेलिरहेका थिए,’ उनले भने,‘त्यसमा आवाज उठ्ने गर्थ्यो, राजनीतिक दल खोइ, नेताहरू खोइ, सांसदहरू खोइ, संसद् खोइ, सभामुख खोइ, मानिसहरू न्याय पाउन नसकेर अलमलिरहेका थिए । न्याय माग्न जानेहरू बाटैबाट फर्किन्थे ।’

त्यति बेला राम शाह पथमा कोही पनि मुद्दा बोकेका वकिलहरू होस वा न्याय माग्न जाने नागरिकहरू प्रवेश गर्न नसक्ने अवस्था रहेको पनि सांसद विश्वकर्माले बताए । ‘त्यो कहालीलाग्दो अवस्थामा मलाई लाग्छ हामी सत्तापक्ष र प्रतिपक्षमा विभक्त थिएनौँ,’ उनले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्