जबराविरुद्धको महाअभियोग प्रस्तावमा एमाले सांसदको आशंका : साँच्चै छिनोफानो गर्ने गरी अगाडि बढाएको हो ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव सदनमा अघि बढेको छ । पाँच महिनाअघि प्रतिनिधिसभाको सचिवालयमा दर्ता भएको प्रस्ताव आइतबार (आज) सदनमा अघि बढेको हो ।

प्रतिनिधिसभाको जारी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथिको छलफल सुरू गराएका छन् । दर्ता भएको पाँच महिनापछि प्रतिनिधिसभामा छलफलका लागि ल्याइँदा रित पुर्‍याउनका लागि मात्रै अहिले ल्याइएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ ।

छलफलको सुरुवातमा बोल्दै एमालेका सांसद खगराज अधिकारीले भने, महाअभियोग प्रतिनिधिसभा नबसेको बेला हो, भने लगभग ७ दिनभित्र बोलाउनुपर्ने र तीनमहिनामा टुंग्याउनुपर्ने थियो । तर पाँचमहिनापछि अहिले ल्याइएको छ । अब तीन महिना समय नै छैन, संविधानको उपहास गर्दैछौं की न्यायको उपहास गर्दैछौं रु ‘साँच्चै निजलाई दोषी करार गर्न खोजेका हौंकि केही स्वार्थका लागि मुक्त गर्न खोजेका हौं’ । यसले सत्तापक्षको नियतमा नै खराब देखिएको बताएका छन् । महाभियोगलाई पाँच महिना झुण्डयाएको झुण्डयाई गरेर रित पुर्‍याउनका लागि मात्रै ल्याउदा संसदको उपहास भएको उनले बताएका हुन् ।

त्यस्तै छलफलकै क्रममा नेकपा एमालेका सांसद नवराज सिलवालले महाअभियोग प्रस्ताव अगाडि बढाउनुको नियत के हो भनी प्रश्न गरेका छन् । छिनोफानो गर्ने गरी महाअभियोग प्रस्ताव अगाडि बढाएको हो कि, बढाइयो भन्नलाई मात्रै बढाइएको हो भन्नेमा प्रष्ट हुन नसकेको उनको भनाई थियो । प्रतिनिधिसभामा बोल्दै उनले भने, यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो ?’ गत फागुन १ गते ९८ जना सांसदले राणविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्