उपमहासचिव ज्ञवालीको प्रश्न: प्रधानन्यायाधीश महाभियोगको भागिदार हुन् भने अहिलेसम्म किन प्रक्रिया बढाइएन ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणापछि पनि संसद चलाइरहेको प्रति प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै ज्ञवालीले कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ भनेर प्रश्न गरेका हुन् ।

सांसद ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोगका भागिदार नै थिए भने किन अहिलेसम्म नटुंग्याएको भनी प्रश्न समेत गरेका छन् । उनले सत्ता गठबन्धनले निलम्बनका लागि मात्र महाअभियोग ल्याएको बताए ।

सदनमा उनले भने, ‘उनी महाभियोगको भागिदार हुन् भने अहिलेसम्म किन प्रक्रिया बढाइएन ? हामीले गहिरो छानबिन गरौं भनिरहेकै थियो ।’  सत्ता गठबन्धनले गलत नियतका साथ यो महाअभियोग ल्याइएको उनले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्