पाँचथरमा १९ वर्षीया सुत्केरीको उपचारको क्रममा मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

पाँचथर । पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो तुम्रोकको उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था रहेकी उनको गए राति २ः३० बजे मृत्यु भएको हो । शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको उक्त अस्पतालले जनाएको छ । उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको अस्पतालको भनाइ छ ।

गए राति उनको मृत्यु भए पनि आज साँझसम्म शव अस्पतालमै छ । उनका आफन्तले मृत्युको कारणबारे असन्तुष्टि जनाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनभर छलफल चलेको छ ।_RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्