धौलागिरी लघुवित्तले गर्यो ३ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले (आज) साउन २४ गते देखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्