एमालेले गर्यो निर्वाचन आयोगमा १०औं पार्टीका रुपमा दल दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । एमालेले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो । ठूला पार्टीमा एमाले पहिलो भएको छ ।

आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्