‘देशव्यापी गठबन्धन बनाएर चुनाव लड्दैनौं’ : उपमहासचिव ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा राष्ट्रव्यापी रुपमा गठबन्धन बनाएर नजाने बताएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेको ज्ञवालीले पत्रकारसँग कुरा गर्दै देशव्यापी गठबन्धन बनाएर चुनाव लड्ने पक्षमा नरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले स्थानीयस्तरमा गठबन्धनको ढोका बन्द गरेका छैनौं,  हामीसँग विचार र एजेन्डा मिल्नेहरुसँग कहीँकतै तालमेल हुनसक्छ । तर, केन्द्रबाटै देशव्यापी गठबन्धबन बनाएर चुनाव लड्ने पक्षमा छैनौं । कांग्रेस जस्तो कुनै समयमा दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुगेको छ, यो राम्रो अवस्था होइन । संघीयता खारेज गर्नेदेखि अनेक एजेन्डा बोकेका पार्टीहरु गठबन्धनभित्र छन् । जनताले कुन पार्टीको विचार हेरेर भोट दिने ?’ ।

ज्ञवालीले कांग्रेसले देशका सबै क्षेत्रमा तालमेल गर्न लागेकोप्रति कटाक्ष गरेका छन् । उनले गठबन्धन गरेर चुनाव लड्ने प्रवृत्ति लोकतन्त्रका लागि स्वस्थकर नहुने टिप्पणी उनको थियो । आयोगले दल दर्ता आह्वान गरेपछि दर्ताका लागि पुगेको ठूलो पार्टी एमाले पहिलो हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्