सङ्खुवासभामा कुलो बगाउँदा विद्युत् आपूर्ति ठप्प, टेलिफोन सेवा अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिराले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार भएको छ । सिलिचोङ–१ को सिसुवाखोला, वडा नं २ को बाला र ३ को ताम्कुका आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत् गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए । पहिराले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु जलविद्युत्को प्रसारण ठप्प भएको उनले बताएका छन् ।

विद्युत् अपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत् ठप्प भएपछि राइस मिल बन्द भएका छन् । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्