बालाजु बाइपासको वान वर्ल्ड जुत्ता कारखानामा भिषण आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा आगलागी भएको छ । बालाजु बाइपासको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।

प्रहरी घटनास्थलमा पुगेका छन् । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्