पर्सामा १४३ किलो गाँजा सहित भारतीय मालबाहक ट्रक बरामद

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । मंगलबार राति ११ बजे पर्साको ड्राइपोर्ट परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका २४ बहुअरीबाट १४३ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर बहुअरी चोकमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्साबाट खटिएको ७ जनाको गाडी मोबाइल टोलीले गाँजा बरामद गर्न सफल भएको थियो । खानतलासीको क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्