बुधबार ५ दशमलव ९१ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५ दशमलव ९१ अंकले घटेर २०५६ दशमलव ८८ बिन्दुमा पुगेको हो । बुधबार कुल २१८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार माथिको सेयर कारोबार भएको छ ।

बुधबारको सेयर बजारमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । आज  सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्