बुधबार ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी, कोरोनाबाट तिनको मृत्‍यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा बुधबार ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ३ जनाको मृत्‍यु भएको छ । ६ हजार ७ सय ५ जनाको परीक्षणका क्रममा ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जसमध्ये ३ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् । बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८५ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्