कीर्तिपुरको एकघरबाट २९ तोला सुनका गहना सहित १ लाख ५० हजार रुपैयाँ चोरी, चार जना संलग्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँको एकघरबाट २९ तोला सुनका गहना चोरी भएको छ । साउन २४ मा मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा राति १२ बजे प्रवेश गरेर चार जनाको समूहले चोरी गरेका हुन् ।

उक्त घरमा ३ जना थिए । जसमध्ये दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घरको मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार  रुपैयाँ लुटेर फरार भएका थिए ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्