सञ्चार माध्यमको सङ्ख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रका विज्ञहरुले आमसञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिभन्दा पनि विषयवस्तुको गुणस्तरमा जोड दिएका छन् । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज आयोजना गरेको ‘देशका मिडियाः बदलिँदो समयमा प्रेसका चुनौती’ विषयक अन्तरक्रियामा सञ्चार क्षेत्रका विज्ञहरुले पछिल्लो समयमा बजारको अध्ययन नगरीकन आफ्नो सोख पूरा गर्ने उद्देश्यले मिडिया खोल्ने तर विषयवस्तुमा मतलब नराख्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन् ।

पत्रकारिताका प्राध्यापक पी खरेलले नेपाली पत्रकारिता क्षेत्रलाई सोसल मिडयासँग तुलना गर्न नहुने भन्दै आमसञ्चारमाध्यमले मुख्यगरी जनताका विषयवस्तुमा बढीभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले सूचना, सञ्चार र प्रविधिको तीव्र विकाससँगै आमसञ्चारमाध्यमले पनि आफूलाई समयअनुरुप परिवर्तन गर्दै लैजानुपर्ने र विशेषगरी समाचार कक्षको विश्वसनीयतालाई कायम राख्नुपर्नेमा जोड दिए ।

उनले भने , ‘मुलुकमा परिवर्तन ल्याउनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको छ र महत्वपूर्ण भूमिका हुनुपर्छ, राज्यले मिडियालाई नियन्त्रण होइन, लोकतान्त्रिक हिसाबले सहयोग गर्नुपर्छ, राज्यको सहयोग नभईकन मिडिया चल्न गाह्रो हुन्छ ।’ सञ्चारसम्बन्धी कानुनका विज्ञ डा रामकृष्ण तिमिल्सेनाले भने , ‘वास्तवमा नेपालमा कति मिडिया हाउसको आवश्यकता हो ।

कति पत्रकार हुनुपर्ने हो, पत्रकारिता अध्ययन गर्ने कलेज कति हुनुपर्ने हो, त्यसबारेमा अहिलेसम्म पनि अध्ययन हुन सकेको छैन, अध्ययन हुन जरुरी छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्