दोलखाका समाजसेवी श्रेष्ठद्धारा पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन् । उनले स्वर्गीय पत्नी रुपा श्रेष्ठको स्मृतिमा गौरीशंकर क्याम्पसमा पुस्तकालय निर्माण गरेका हुन् । गौरीशंकर बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो । पुस्तकालयमा विषयगत, साहित्यिक र समय सान्दर्भिक गरि विभिन्न प्रकारका  करिब २६ हजार पुस्तकहरु रहेका छन् ।

रुपा स्मृति फाउन्डेसन नामको संस्थामार्फत जिल्लाकै जेठो सामुदायिक क्याम्पस गौरीशंकरमा पुस्तकालय निर्माण गरिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका समाजसेवी श्रेष्ठले बताएका छन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रुपा श्रेष्ठको ७६ वर्षको उमेरमा क्यान्सरका कारण गत १० फागुनमा काठमाडौंमा निधन भएको थियो ।

पुस्तकालयको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले स्वर्गीय श्रेष्ठको परिवारले दोलखाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन्  । उनले जिल्लाकै जेठो क्याम्पसमा पुस्तकालय स्थापना गरी सहयोग गरेकोमा श्रेष्ठ परिवारप्रति आभार व्यक्त गरेका हुन् । उनले पुस्तकालयसहित क्याम्पसको थप व्यवस्थापनमा नगरले आवश्यक सहयोग गर्नेसमेत जनाएका छन् ।

गौरीशंकर क्याम्पसले फाउन्डेसनको सहयोगमा निर्माण सम्पन्न भएको भवनबाटै ई–लाइब्रेरीसमेत सञ्चालन गर्ने तयारी गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्