मेयर साम्पाङले भने- ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसकेको प्रति लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।

जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा श्रमदान गर्न मन लागेको कुरा व्यक्त गरेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् । स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको पूर्वधार बिकासमा आफैं सहभागी हुने र श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित गर्ने लगायतका कार्य गर्दै आएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्