प्रतिनिधिसभा : फोहर नउठेको १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको सांसदहरुको गुनासो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न सांसदहरुले ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी समेत गरेका छन् । नेकपा एमाले का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताएका छन् ।

उनले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरेका छन् । बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर,  हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्