सोमबार ५५ दशमलव ८८ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५५ दशमलव ८८ अंकले बढेर २०६५ दशमलव ८९ बिन्दुमा पुगेको हो । सोमबार कुल २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार माथिको सेयर कारोबार भएको छ ।

सोमबार शिवम सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २१ करोड २ लाख ५२ हजार ३ सय ६७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै आजको सेयर बजारमा नेपाल पर्यटन बोर्डले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्