निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन, सोमबारसम्म ६२ वटा दल दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय आज मंगलबार अन्तिम दिन रहेको छ । आयोगले जारी गरेको सूचना अनुसार निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले साउन ३१ गते आज दल दर्ताको अन्तिम दिन हो ।

आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयागमा अनुसार आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भइसकेका छन् ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले दल दर्ता गराउन बाँकी छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको मिति र समयभित्रै दल दर्ता गर्ने बताएका छन् । ‘हामी हिजोदेखि अर्को एउटा महत्वपूर्ण कार्यक्रममा व्यस्त छौं, आज दल दर्ता गर्न जान्छौं,’ पौडेलले भने । आयोग जाने समय भने निश्चित नभइसकेको उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्