बुटवलको कारीकोटे होटलमा महिला र पुरूष मृत अवस्थामा फेला

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक महिला र पुरूष मृत भटिएका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत भटिएका हुन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं.१३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका हुन् ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी घिमिरेले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्