बाँकेको पंचपोखरबाट १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । बाँकेको जानकी गाँउपालिका १ पंचपोखरबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा प्रहरीले बरामद गरेको हो ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडेर भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्