मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आगामी २४ घण्टा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भूभागमा आंशिक बदली रहको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्