दोलखाको लापिलाङ्ग रानिवन पहिरोले स्थानीयलाई आवतजावत गर्ने समस्या

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ स्थित रानिवनमा पहिरो गएको छ । वडा नम्बर ५ को लापिलाङ्ग स्थित रानिवन पहिरोको घट्टे खोलामा लेदो सहितको बाढि आउँदा स्थानीयलाई आवतजावत गर्ने समस्या भएको छ ।

लापिलाङ्गवासीहरु निरन्तर पहिरोको जोखिम मोलेर आवतजावत गर्नु पर्ने बाध्यता रहेको बताउँछन् । विहान विद्यालय जान र घर फर्कन खोला तर्नुपर्ने हुन्छ तर निरन्तर बाढि आउने गरेकाले विद्यार्थीलाई वारपार गर्न जोखिम छ । विद्यार्थी, वृद्धवृद्धा, महिलाहरुलाई वारपार गराउन त्यहाँका शिक्षक र स्थानीयले आफुलाई जोखिममा राखेर वारपार गराउदै आएका छन् ।

विद्यालयका एक देखि पाँच कक्षा सम्मका सानासाना विद्यार्थीलाई धेरै समस्या भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ठुलो वर्षाद हुदा कतिपय विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुने गरेका छन् । लापिलाङ्गका स्थानीयहरु अघिल्लो वर्षदेखि निरन्तर गैरहेको पहिरो नरोकिदा त्रासमा जिवन विताउदै आइरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्