सांसदको जिज्ञासा : गठन भएको एक वर्ष पूरा हुँदापनि राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  सांसद लालप्रसाद सावा लिम्बुले भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको एक वर्ष पूरा भएपनि राष्ट्रिय भूमि आयोगले देखिने गरी काम गर्ने नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै सांसद लिम्बुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसद लालबाबु यादवले गुनासो गरेका छन् । पाँचथरको रङ्गशाला निर्माणमा भइरहेको ढिलाईप्रति सांसद वसन्त नेम्वाङले तत्काल बजेटको प्रबन्ध गर्न माग गरे ।

सांसद शक्तिबहादुर बस्नेतले चौरजहारी विमानस्थलमा नेपाल वायु सेवा निगमले दिँदै आएको हवाई सेवा बन्द भएकाले त्यसलाई पुनः सञ्चालनका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्