प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक बुहमतले पारित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित भएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकले बुहमतले उक्त विधेयक पारित गरेको हो । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । बैठकमा सांसद लालप्रसाद सावा लिम्बु, सांसद लालबाबु यादव, सांसद शक्तिबहादुर बस्नेतलगायतले वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्