अरिङ्गालले टोकेर रोल्पामा ५४ वर्षीय मगरको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा सोमबार राति मृत्यु भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्