मंगलबार २४ दशमलव ८३ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २४ दशमलव ८३ अंकले घटेर २०४१ दशमलव ६ बिन्दुमा पुगेको हो । मंगलबार कुल २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार माथिको सेयर कारोबार भएको छ ।

सोमबार रिडी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै आजको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्