भारतबाट थप सस्तिएर आयो पेट्रोलियम पदार्थको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो ।

पेट्रोलको प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्यमा ४ रुपैयाँ ८० पैसाले घटेको हो । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको नेपाल आयल निगमले जनाएको छ । भारतबाट सस्तिएर आउँदा पनि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहेको छ ।

यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो । यसपटक मूल्य घटाउने वा नघटाउनेबारे मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने निगम स्रोतले जानकारी दिएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्