धादिङको गल्छी गाउँपालिकामा ट्रेलर र जीप एकआर्कामा ठकर खाँदा दुईजनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

धादिङ । मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नंको मार्बल बोकेको ट्रेलरले मंगलबार बागमती प्रदेश–०१–०२५ च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्