कांग्रेसले गर्यो १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत

congress
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सोमबार महोत्तरीबाट किरण यादव , काठमाडौंको राधा घले , ललितपुरको धना खतिवडा, धादिङको उर्मिला थपलिया, मोरङको रुक्मीणी कोइराला, काठमाडौँको कल्याणी रिजाल , झापाको गोमा भट्टराई, रुपन्देहीको गङ्गा शाही, सुनसरीको लक्ष्मी खतिवडा र नवलपुरको सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्