फोहोर बोकेका २ सयभन्दा धेरै गाडी रोकीए सिसडोलमा, बञ्चरेडाँडा लैजान प्रहरीको प्रतिक्षामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका २ सय भन्दा धेरै गाडी सडोल पुगेर रोकीएका छन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध गरेकाले  प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने तयारीमा सडोल पुगेका गाडीहरु रोकीएका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले प्रहरी विना फोहोरको गाडी बञ्चरेडाँडामा पुर्‍याउन गाह्रो भएको जानाकारी दिएका छन् । उनले भने, ‘आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढाउनेछौं ।’

मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्