बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सिंहदरबारमा आजबाट ग्यास सिलिण्डर लैजान रोक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सिंहदरबारभित्र (बुधबार) आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार बुधबार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बताएका छन् । आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएता पनि अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने बताइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्