अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा राष्ट्र बैंकको उपनिर्देशक डा. शालिकराम पोखरेल नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । डा.शालिकराम पोखरेल अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालयमा नियुक्त गरिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् । यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । डा.पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्