सरकारले गर्यो पातलो प्लास्टिक झोलाको प्रतिबन्ध, प्रयोग गरे तत्काल कारबाही गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको प्रतिबन्ध गरेको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले बुधबार आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।

गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न सरकारले ४० माइक्रोनभन्दा पातलो झोलामा आजबाट प्रतिबन्ध लगाएको हो । मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ ।

त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने प्रवक्ता मेघनाथ काफ्लेको भनाइ थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्