लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा प्रदेश सभा निर्वाचनमा भाग नलिने घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । लामिछानेले आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका छन् ।

सभापति लामिछानेले भने, ‘केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ । जनताको सुझावअनुसार आफूहरु अहिलेकै संरचनामा प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेका छौँ ।’

प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गर्दै लामिछानेले भने । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन ।  हामी व्यवस्थाविरुद्ध छैनौं, मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्