काठमाडौं कपुरधाराबाट सालकको खपटासहित एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्