बुधबार ० दशमलव ३६ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ० दशमलव ६३ अंकले घटेर २०४० दशमलव ७० बिन्दुमा पुगेको हो । बुधबार कुल २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार माथिको सेयर कारोबार भएको छ ।

बुधबार रिडी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८ सय ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै आजको सेयर बजारमा सामलिंग पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्