दक्षिण कोरियामा एक लाख ८० हजार ८ सय ३ जना संक्रमण पुष्टी, ४२ भन्दा बढीको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ ।

केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ । अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्