प्रतिनिधि सभा बैठकबाट बिहिबार नागरिकता ऐन संशोधन विधेयक पारित गर्ने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठकबाट नागरिकता ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आज बैठकबाट पारित गर्ने तयारी भएको हो ।

नागरिक ऐन संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नागरिक विधेयक पारितको सबै प्रक्रिया आजै पूरा हुन सक्ने बताएका छन् । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । त्यसको भोलिपल्टको प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देश पेस भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्