बिहिबार २७ दशमलव ५६ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २७ दशमलव ५६ अंकले बढेर २०६८ दशमलव २६ बिन्दुमा पुगेको हो । बिहिबार कुल २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार माथिको सेयर कारोबार भएको छ ।

बिहिबार रिडी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै आजको सेयर बजारमा नविल प्रगती फ्रटको सबैभन्दा बढी गुमाएका छन् ।

यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी बिहीबारको सेयर बजारमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्