क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता नदिने राष्ट्र बैंकको निर्णय खारेज गर्ने माग गर्दै सर्वोच्चमा रिट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सर्वोच्च अदालतमा क्रिप्टोकरेन्सी लगायतका डिजिटल मुद्रालार्ई मान्यता दिनुपर्र्ने माग राखि रिट निवेदन दर्ता भएको छ । बिहिबार क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता सागर बराल लगायतले क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने माग राखी रिट दर्ता गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्