बिहिबार ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी, ४ सय २१ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार ५ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ८२ पीसीआर परीक्षणका क्रममा २ सय २४ र दुई हजार ८ सय ४८ एन्टिजेन परीक्षणका क्रममा ३ सय १८ जना गरी ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्