नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल निर्वाचित, सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन् । सङ्घको शनिबार सम्पन्न २०औं वार्षिक साधारणसभा एवं १२औं अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन दीपक लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका हुन् ।

यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल भएका छन् । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले वि.स २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्