प्रधानमन्त्री देउवाद्धारा पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर गिरीप्रति श्रद्धाञ्जली अपर्ण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गरेका हुन् ।

गिरिको  पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुयाइएको हो । स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको कार्यालय  परिसरमा घुइँचो लागेको छ ।

भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९.३० बजे निधन भएको हो । गिरिको पार्थिव शरिरलाई विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि रखिएकामा त्यसपछि दिउँसो २।०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएकोे छ ।

पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्