कांग्रेस नेता र मुख्यमन्त्री पाण्डेद्धारा मेडिसीटी पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डे केहीबेर अगाडि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९।३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन् ।

पूर्वराष्ट्रपति डा रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुग्नु भई उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्