‘एकतामै बल हुन्छ, एक्ले ढेडु भएर चुनाव जितिन्न, गठबन्धन अनिवार्य छ’ : झलनाथ खनाल

Ad
  • कालोपाटी सम्बाददाता

रुपन्देही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने बताएका छन् । आइतबार बिहान भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै आफू अन्तिम पटक गठबन्धनबाट चुनाव लड्न लागेको बताएका हुन् ।

पत्रकारले सोधेको प्रश्नको उत्तर दिदैं खनालले भने,’जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एकपटक लड्छु । गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ । एकतामै बल हुन्छ, एक्ले ढेडु भएर चुनाव जितिन्न, गठबन्धन अनिवार्य छ ।’

पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने र जित निश्चित भएको खनालकले दाबी गरेका छन् । अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताउँदै उनले पछिसम्म जान्छ या जाँदैन भने भन्न नसकिने पनि बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्