सोमबार ७ दशमलव ३८ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २०५३ दशमलव १६ बिन्दुमा पुगेको हो ।

सोमबार कुल २२२ कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार माथिको सेयर कारोबार भएको छ । सोमबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३ सय २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा नविल समृद्धि कोष-२ ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी सोमबारको सेयर बजारमा माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्