सोमबार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा सोमबार ६ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४०५ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा २ सय ५३ जना गरी ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्