श्रृजनशील लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने, भदौ १५ गतेदेखि दिन पाइन्छ आवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

यो मध्ये १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गरिरहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्