सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलंका पाचौँ स्थानमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  विश्व बैंकको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाँचौं स्थानमा परेको छ । आफ्नो खाद्य सुरक्षा अनुगमन अद्यावधिक प्रतिवेदनमा विश्व बैंकले युक्रेनमा युद्ध शुरु भएदेखि नै खाद्यान्न र कृषि मलहरूको मूल्य वृद्धिसँगै यसको खाद्य सुरक्षाको सहजतामा कठिनाइ थपिएको छ ।

कोरोना महामारीको शुरुमा सम्भावित खाद्यान्न अभावको सामना गर्दा देशहरूले घरेलु आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्रिय व्यापार नीति प्रयोग गरेका थिए जसले विश्वव्यापारमा उतारचढाव ल्याएको छ । गत जुलाईसम्म श्रीलङ्काले घरेलु खाद्यान्न आपूर्तिमा चरम अभावको अनुभव गरिरहेको छ । विदेशी मुद्रा सञ्चिति अभावले देशले ठूलो व्यापार घाटा व्यहोरेको छ । खाद्यान्न आयात गर्न अहिले पनि विदेशी मुद्राको चरम अभाव छ ।

पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूमा खाद्यान्नको मूल्य मुद्रास्फीति उच्च रहँदा यस्तो भएको हो । भरखरै युक्रेनी अन्न ढुवानी चलिरहेको छ तर खाद्य सुरक्षामा चुनौतीह यथावत् छ । विश्व बैंकको मूल्याङ्कनअनुसार विगत दुई साताको अवधिमा विश्वव्यापी रूपमा कृषि, अनाज र निर्यात मूल्य सूचकाङ्कहरू स्थिर रहेकाले कृषि तथा अनाजको मूल्य सूचकाङ्क दुई साता अघिको तुलनामा एक प्रतिशतले बढेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्